बग्दादमा बम विस्फोट, १९ जनाको मृत्यु
- बग्दाद, १६ पुस ।
इराकको बग्दादमा भएको बम विस्फोटनमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।
बग्दादको भित्र भागमा रहेको अति व्यस्त बजार क्षेत्रमा शनिबार दुई ओटा बम विस्फोट भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।
घटनामा परी अन्य दर्जनौं घाइते भएका छन् । कम्तीमा पनि ३८ जना घाइते भएका समाचारहरुमा जनाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...

