‘बीउ आलु भण्डारणको सिद्धान्त अङ्गालेको घर’मा राखेको बीउको प्रयोग बढ्दै

- ललितपुर, १२ पुस ।
‘बीउ आलु भण्डारणको सिद्धान्त अङ्गालेको घर’मा राखिएको बीउको प्रयोग गर्ने किसानको सङ्ख्या बढ्दो छ ।
अहिले देशभर झन्डै दुई सय वटा ‘बीउ आलु भण्डारणको सिद्धान्त अङ्गालेको घर’ छन् । किसान समूहले आफैँ वा गैरसरकारी संस्थाको सहयोगमा यस्ता घर निर्माण गरेका हुन् ।
एउटा बीउ घर बनाउन रु पाँचदेखि १० लाखसम्म लाग्छ । जहाँ २० जनासम्म किसानले आलु भण्डारण गर्न सक्ने राष्ट्रिय आलु बाली विकास कार्यालयका आलु विकास अधिकृत श्यामप्रसाद ढकाल बताउनु हुन्छ ।
किसानले सरकारी र गैरसरकारी दुवै क्षेत्रबाट अनुदान पाइरहेका छन् । पहिले भण्डारणको ज्ञान र प्रविधि नहुँदा किसानले भारतबाट खान आयात गरिएको आलु बीउ प्रयोग गर्दै आएका उनी बताउछन्।
आलु भण्डारणका पर्याप्त चिसो र प्रकाशको ब्यबस्था गरिएको हुन्छ । यी घरमा तापक्रम कम हुने उपाय अपनाइनुका साथै हावा दोहोरो आवत जावतको पनि राम्रो व्यवस्था गरिएको हुन्छ ।
निरोगी बीउ रोप्दा झन्डै चार गुणा उत्पादन हुने आलु विज्ञ बताउँछन् ।
प्रतिकृया दिनुहोस्
Loading...
