युवा संघ नेता बुढाथोकीमाथि खुकुरी हान्ने ५ जना पक्राउ

  • काठमाडौं १५ पुस।

युवा संघकेन्द्रीय नेता सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। खुकुरी प्रहारको आरोपमा बाँके कोहलपुरका विमल सेन, सुरेश सुवेदी, नवीन शाही, सुरवीर मल्ल र विकास शाहीलाई प्रहरीले पक्राउ गरिएको जानकारी दिएको छ ।

बुढाथोकीमाथि खुकुरी प्रहार गर्नुको सबै कारण भने खुलिनसकेको र अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुरेश काफ्लेले बताएका छन्। खुकुरी प्रहार पर्ने मुख्य योजनाकार बाँकेका २४ बर्षिय लक्ष्मण मल्ल भने फरार रहेको प्रहरी दाबी छ।

बुढाथोकीमाथि बिहाबार राति ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको थियो। घाइते भएका बुढाथोकीको भारतको लखनउमा उपचार भइरहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...