छोरीका लागी छोरी जन्माउन ६७ वर्षमा भाडाकी आमा !


आफ्ना सन्तानको खुसीका लागि आमा बाबुले के सम्म गर्दैनन् ? ग्रिसमा एक ६७ वर्षकी महिलाले आफ्ना छोरीलाई सन्तान सुख दिनका लागि छोरीका लागि भाडाकी आमा बनिदिएकी छिन् ।

ती वृद्धाले सरोगेसीबाट छोरीका लागि एक बच्ची जन्माइदिएकी छिन् ।

यो सँगै ६७ वर्षकी अनास्तासिया ओन्टु विश्वकी सबैभन्दा पाको उमेरकी सरोगेट मदर बनेकी छिन् । उनको रेखदेखमा खटिएका चिकित्सा टोलीका अनुसार गर्भ रहेको साढे ७ महिनामा उनले बच्ची जन्माएकी हुन् । जन्मिँदा शिशुको वजन भने जम्मा १२ सय ग्राम थियो ।

गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार यसअघि सबैभन्दा पाको उमेरकी सरोगेट मदरको किर्तिमान स्पेनकी मारिया डेल कार्मेनको नाममा थियो । सन् २००६ मा उनले ६६ वर्ष ३५८ दिनको उमेरमा सरोगेसीबाट जुम्ल्याहा छोरा जन्माएकी थिइन् ।

सन् २००९ मा क्यान्सरका कारण उनको मृत्यु भएको थियो । त्यो रेकर्डलाई तोड्दै अहिलेसम्मकै बुढी भाडाकी आमा बनेकी अनास्तासियाले आफुलाई आमा बन्नेबेलामा भन्दा पनि आफैले जन्माएकी बच्चीको हजुरआमा बन्दा धेरै खुसी प्राप्त भएको बताइन् ।

आफ्नी छोरीलाई सन्तान नहुने थाहा भएपछि आफुले छोरीको खुसीका लागि बच्चा जन्माइदिने निर्णय सहज रुपमा गरेको उनी बताउँछिन् । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...