भ्रष्टाचारीलाई हेलिकप्टरबाट खसाल्ने राष्ट्रपतिको चेतावनी

- एजेन्सी, १४ पुस ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्टाचारीलाई उडिरहेको हेलिकप्टरबाट खसाल्ने चेतावनी दिएका छन् ।
आँधिबाट प्रभावित नागरिकलाई सम्बोधन गर्दै डुटेर्टेले यसअघि पनि आफूले उडिरहेको हेलिकप्टरबाट एक चिनीया नागरिकलाई खसालिसकेको दावी गर्दै यस्तो काम फेरि गर्न नहिच्किचाउने बताए । ‘यदि तिमी भ्रष्टाचारी हौ भने हेलिकप्टरमा मनिला लगेर खसालिदिने छु, पहिले पनि मैले यस्तो गरिसकेको छु, फेरि किन नगर्ने ?’
उनले यदि कसैले भ्रष्टाचार गरेको थाहा पाए त्यस्ता व्यक्तिलाई हेलिकप्टरमा राजधानी मनिला पुर्याउने र खसाल्ने चेतावनी दिए । आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने डुटेर्टेले आफू मेयर छँदा तीन नागरिकको हत्या गरेको दावी गर्दै दुई हप्ताअघि विवादित बनेका थिए ।
डुटेर्टे सत्तामा आएयता फिलिपिन्समा लागुऔषध विरुद्धको कारवाहीमा झण्डै ६ हजार जनाको ज्यान गइसकेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
