यो फाइभस्टार होटेलमा बस्छन् केवल मरेका मान्छेहरु


मानिस मरेपछि अन्तिम संस्कार गरिन्छ रितिरिवाज अनुसार । 

तर दुनियामा एउटा यस्तो ठाउँ पनि छ जहाँ मानिस मरिसकेपछि उसलाई घाट वा चिहानमा होइन फाइभस्टार होटेलमा लगिन्छ । उक्त होटेलले मान्छेका लासलाई यस्तो सेवा दिन्छ जुन सेवा जिउँदो मान्छेले समेत पाउने भाग्य लिएको हुँदैन ।

जापानको नामको फाइभस्टार होटेलमा जिउँदा होइन मरेका मानिसहरुलाई राखिन्छ । मरेका मानिसलाई तरह तरहका सेवा सुविधा प्रदान गरिन्छ त्यहाँ ।

परिवारको सदस्यको मृत्यु भैसकेपछि अन्तिम संस्कार गर्नुअघि लासलाई परिवारजन तथा आफन्तले यस होटेलमा ल्याउँछन् । जापानमा यस्ता ठाउँहरु छन् जहाँ अन्तिम संस्कारका लागि ठाउँको कमी छ । त्यसैले शवको अन्तयेष्टिका लागि ४ दिनअघि नै चिहान बुक गर्नुपर्छ । 

मान्छे नमर्दै चिहान बुक गर्ने कुरा भएन, तर मरिसकेपछि ४ दिनसम्म त्यत्तिकै राख्दा लास कुहिने खतरा । त्यसैले उक्त फाइभ स्टार होटेलमा लासलाई लैजाने गरिन्छ । उक्त होटेलमा लामो समयसम्म लासलाई सुरक्षित रुपमा राख्ने प्रबन्ध छ ।

होटलमा सरसफाइ, ठूला ठूला कोठा तथा फ्रिजर जस्ता सुविधाका साथै लासको राम्रो रेखदेख पनि गरिन्छ । एक पटकमा १५ जना मृत पाहुना राख्न सकिन्छ होटेलमा । जबसम्म लासलाई चिहानमा ठाउँ प्राप्त हुँदैन, तबसम्म होटेलमै राखिन्छ । यस होटेलमा लासलाई राख्नको लागि १२ हजार जापानी येन तिर्नुपर्छ ।

२०७३ पुस १२ गते ११:२७ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...