अपाङ्गता किशोरीको जलेर मृत्यु

- सिन्धुली, १५ पुस ।
सिन्धुलीकि एक अपाङ्गता भएकी किशोरीको जलेर मृत्यु भएको छ ।
घरमै भएको आगलागीमा परी दुवै गोडा चलाउन नसक्ने १५ वर्षीया जानुका सुनुवारको ज्यान गएको हो ।
बस्तीपुर–३ का ठगेन्द्रबहादुर सुनवारका घरमा आज दिउँसो सौर्यबत्तीको ब्याट्री पड्कँदा आगलागी भएर घर पनि पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...
