लोकमानसिंह विरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइदै

काठमाडौं,  १६  मंसिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाउने तयारी भएको छ । 

व्यवस्थापिका संसदको बिहीबारको बैठकले यस्तो निर्णय गरेको हो ।

महाअभियोग प्रस्तावमाथि अहिलेसम्म ६१ जनाले आफ्नो धारणा राखिसकेका भने अब १० जनाले मात्र बोल्न बाँकी रहेकाले बिहीबार छलफल सकेर समितिमा पठाउने तयारी भएको संसद सचिवालयले जनाएको छ । गएको कात्तिक ४ गते कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

संसद बैठकमा छलफल लम्बिएपछि समिति गठन भएको डेढ महिनासम्म पनि काम बिहीन भएको छ । तर संविधान संशोधन विधेयक दर्ता भएको विरोधमा नेकपा एमालेले बिहीबारको बैठक अवरुद्ध गर्ने भनेकोले के हुन्छ भन्ने अन्यौल छ । संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...