सदस्यता नपाएको भन्दै पत्रकार महासंघमा तालाबन्दि


  • कपिलबस्तु, १३ पुस ।

नेपाल पत्रकार महासघको सदस्यता नपाएको भन्दै कपिलवस्तुका पत्रकारहरुले महासघंको शाखा कार्यालयमा ताला लगाएका छन् । कपिलवस्तुका क्रियाशील पत्रकारहरुले संयुक्त संघर्ष समिति नै गठन गरेर सदस्यता पाउनुपर्ने भन्दै महासंघ कार्यालयमा ताला लगाएका हुन् ।

कपिलवस्तुका पत्रकार बासुदेव बर्माको नेतृत्वमा संयुक्त संघर्ष समिति गठन गरिएको छ । नेपाल पत्रकार महासघ शाखा कपिलवस्तुले शुद्धीकरणको नाममा एकलौटी तरिकाले सदस्यता वितरण गरेको भन्दै प्रेस विज्ञाप्ति निकालेर सबै सक्रिय पत्रकारलाई सदस्यता दिन आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानुनबमोजिम नभई मनलाग्दी ढंगमा सदस्यता वितरण गरिएकाले आन्दोलनमा उत्रन बाध्य भएको पत्रकार बर्माले वताएका छन् ।

महासंघ शाखाले तत्काल निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएको छ । शाखाले केही सदस्यको सदस्यता खारेज समेत गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...