तिवारी हत्याको विरोध गर्दै प्रहरी बिटमा आगजनी


  • बुटवल, ४ पुस।

युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन भएको छ ।

साथै युवाहरुले बुटवलको राजमार्ग चौराहामा रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । आगजनीबाट बिटमा क्षति पुगेको भए पनि प्रहरीको सक्रियताका कारण बिट ध्वस्त हुनबाट बचेको छ।

युवाहरुले बुटवलको सडकमा टायर बालेर प्रदर्शन गरिरहेका कारण सडकमा सयौं गाडिहरु लामबद्ध भएका बताइएको छ।
शंकरनगरमा पनि सडक अबरुद्ध पारेर टायर बालिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...