रोल्पामा प्रचण्ड र केपी ओली पक्षबीच भिडन्त, ८ घाइते


  • रोल्पा, ३० मंसिर ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्धको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच बिहीबार झडप भएको छ ।

नेपाल मगरसंघ रोल्पाले आफ्नो जिल्लालाई पाँच नम्बरबाट झिकेर चार नम्बर प्रदेशमा राखेकामा स्वागत गर्दै निकालेको स्वागत जुलुसमा टुक्र्याउन खोजिएको विरोधमा आन्दोलनरत पक्षले आक्रमण गरेपछि झडप भएको हो ।

विरोध र समर्थनमा उत्रिएका प्रदर्शनकारीले एकअर्को समूहतर्फ लक्षित गरेर ढुंगामुढा प्रहार गरेपछि स्थिति नतावपूर्ण बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास तथा लाठी चार्ज गरेको थियो । त्यस क्रममा दुवैतर्फका गरी आठ जना घाइते भएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...