सिमांकनको नाममा भारतले लुम्बीनि कब्जा गर्दै : पोखरेल



भक्तपुर, २३ मंसिर ।

नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले सिमांकनका नाममा ७० बर्ष अघिदेखि लुम्बीनी भारतले कब्जाको रणनीति बनाएको र हाल आएर सफल हुन लागेको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पोखरेलले नेपालीको चाहनामा भन्दा पनि भारतको इशारामा पाँच नं प्रदेशलाई टुक्राउँदै लुम्बीनी कब्जा गर्ने रणनीति भएको बताए ।

उनले प्रतिपक्षलाई जानकारी नै नदिई जसरी संबिधान संशोधनको प्रक्रिया संसदमा बढाएको छ, यो नेपाल र नेपालीको हितमा नरहेकाले यो फेल हुने र सत्ता पक्षले भनेको जस्तो बहुमत नरहेको र सत्ता पक्षकै सांसदहरु संशोधनको बिपक्षमा रहेको बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...