युवा संघका कार्यकर्ताले छापामार शैलीमा जलाए सरकारी गाडी

काठमाडौं, १५ पुस ।
नयाँ बानेश्वरमा सरकारी गाडीमा युवा संघका कार्यकर्ताले आगजनी गरेको छ । बानेश्वरको अल्फाबिटा अगाडि शुक्रबार दिउँसो बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो ।

छापामार शैलीमा सरकारी गाडी तोडफोड गर्नेक्रममा युवा संघका कार्यकर्ताले संघको झण्डासमेत बोकेका थिए । उनीहरुले त्यसक्रममा युवा संघ नेपाल जिन्दाबाद भन्ने नारासमेत लगाएका थिए ।
बानेश्वर प्रहरीका अनुसार पार्किङ गरिएर सरकारी स्कर्पियो गाडीमा युवा संघका कार्यकर्ताहरुद्वारा आगजनी गरेका हुन् । बानेश्वरमा युवा संघले विरोध र्याली आयोजना गरेको थियो । विरोध र्यालीमा सहभागीहरुले नै गाडीमा आगजनी गरेको प्रहरीको भनाई छ ।
युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले भने आफूहरुले आगजनी नगरेको बताए ।
युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि कोहलपुरमा बिहिबार साँझ खुकुरी प्रहार भएको विरोधमा संगठनले विरोध र्यालीको आयोजना गरेको थियो ।
यसअघि युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा प्रसाद तिवारीको पनि गोली हानी हत्या गरिएको थियो । बा २ झ १०५५ नम्बरको अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ ।
प्रहरीका अनुसार आगजनी भएको वागमती सभ्याता विकास परियोजनाको स्कारपियो गाडी र तोडफोड भएको अर्को हाइलक्स सडक विभागको रहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
