परिवार नियोजनको कुन साधन कस्तो ? जानी राखौ


परिवार नियोजनका साधन स्थायी र अस्थायी गरी २ किसिमका हुन्छन् । स्थायी महिला तथा पुरूष दुवैमा गर्न सकिन्छ जसलाई बन्ध्याकरण भनिन्छ ।

 यसले स्वास्थ्यमा कुनै असर गर्दैन तर महिलामा भने ढाड दुख्ने हुन्छ भन्छन् तर यो शल्यक्रियाको कारणले ढाड दुखेको भने होइन । कुनै कुनै समयमा ट्यूब राम्रोसँग टाइट भएन भने पे्रग्नेन्सी हुन सक्छ ।

डा. लता बज्राचार्य, वरिष्ठ प्रसूतीरोग विशेषज्ञ

कहिलेकाहीँ ट्यूव पाठेघरमा नबसी नलीमा बस्नसक्छ त्यस अवस्थामा महिलामा रक्तस्राब भएर जटिल अवस्था आउने र शल्याक्रिया नै गर्नु पर्ने हुन्छ ।

स्थायी बन्ध्याकरणले पुरुषमा यौन इच्छा कम भएर जान्छ भन्ने गरिन्छ तर यस्तो भने हुदैन । पुरुषमा आफ्नै कारणले गर्दा यौनइच्छा कम हुने हो । स्थायी बन्ध्याकरण गर्दा पुरुषमा असफल हुने दर भने बढी हुन्छ । फलस्वरुप, महिलाले गर्भधारण गर्न पुग्छन् । परिवार नियोजनका अस्थायी साधनमा कण्डम, पिल्स, डिपोप्रोभेरा, नरप्लान्ट, आईयूसिडि, डायफ्राम पर्दछन् । कण्डम महिला र पुरुष दुवैले प्रयोग गर्न सकिन्छ ।

परिवार नियोजनको साधनमा कण्डम सबभन्दा उत्तम अस्थायी साधन हो । यसको प्रयोग राम्रोसँग गर्न सकेमा असफल दर पनि कम हुन्छ । साथै यौनजन्य रोगबाट पनि बचाउँछ । कण्डमलाई राम्रोसँग प्रयोग गर्न नसकेको खण्डमा भने असफल हुने संभावना १८ प्रतिशतसम्म हुन्छ ।

यदि महिलाले नियमित रुपमा पिल्स खाएमा फेलिएर हुने दर सबैभन्दा कम हुन्छ । तर महिलाले उक्त चक्की ठिक समयमा नै खानुपर्छ । राति खाने गरेको छ भने राति नै खाने र यदि राति बिर्सेमा भोलिपल्ट बिहानै खानुपर्छ । पिल्सले पाठेघरमा हुने क्यान्सरबाट समेत बचाउछ ।

तर पिल्स धेरै खाएमा स्तन क्यान्सर हुने संभावना पनि त्यतिकै हुन्छ । विशेष गरी पिल्स ४० वर्षपछि नखानु नै राम्रो हुन्छ । उच्च रक्तचापमा पिल्स खानु हुँदैन । पिल्सको साइड इफेक्ट भनेको सुरुमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, खान मन नलाग्ने हुनसक्छ । 

लामो समयको प्रयोगमा यी समस्या सामान्य हँुदै जान्छ । डिपोप्रोभेरा तीन/तीन महिनामा दिने इन्जेक्सन हो । महिलाले डिपोप्रोभेरा जुन सुकै उमेरमा पनि लगाउन सक्छन् । यसको फेलिएर दर भने पिल्समा भन्दा धेरै हुन्छ । इन्जेक्सन दिने व्यक्तिले राम्रोसँग दिन सकेन भने ३ प्रतिशत फेल हुने संभावना हुन्छ ।

धेरै महिलाले परिवार नियोजनका साधनले तौल बढ्यो भन्छन् । तर डिपोप्रोभेराले तौल बढाउदैन । महिलाले इन्जेक्सन लगाउदा कमजोरी भयो भन्दै धेरै खाना खाने हुनाले तौल बढेको हुन्छ । डिपोप्रोभेराको प्रमुख असर भनेको महिनावारी नहुने हो । यदि महिनावारी भएमा धेरै रक्तस्राव हुनसक्छ । महिलाले डिपोप्रोभेरा लगाउन छाडेको ६–९ महिना पछि मात्र गर्भाधारण गर्न सक्छन् ।

नरप्लान्ट ७ वर्षको लागि दिइन्छ । यो अरु साधन भन्दा महंगो हुन्छ । त्यसैले सजिलै सँग पाउन सकिदैन । नरप्लान्ट राख्नको लागि तालिम प्राप्त व्यक्ति हुनु पर्छ । यो शरीर भित्र राख्ने भएता पनि यसले शारीरिक रुपमा कुनै पनि किसिमको असर गर्दैन ।

आईयूसिडि अन्तर्गत कपरटी, लुप पर्दछन् । नेपालमा कपरटीको प्रयोग धेरै गरिन्छ । यो एकपटक लगाएपछि १२ वर्षसम्मलाई काम गर्छ । कपरटी पुरुषले थाहा नपाउने गरी प्रयोग गरिरहन सकिन्छ । यदि कपरटी बीचमा निकाल्नु परेमा पनि निकाल्न सकिन्छ । कपरटीको प्रयोग गर्दा महिनावारीको समयमा पेट दुख्ने, खुट्टाहरु, तिर्घाहरु दुख्ने हुन्छ । कहिलेकाहीँ महिनावारीको समयमा रक्तस्राव बढी हुन्छ । कपरटी राखिसकेपछि समय समयमा परीक्षण गर्नुपर्छ ।

४० वर्ष पुगेपछि डिपोप्रोृभेरा, नरप्लान्ट, आईयूसिडिको प्रयोग गर्नुपर्छ । तर ४० वर्षपछि पिल्स भने खानुृ हँुदैन । पिल्सले ४० वर्ष पुगेपछि उच्च रत्तचाप बढाउने, ह्दयघात हुने सम्भावना हुन्छ ।

-आईयूसिडि प्रयोग नगर्ने अवस्था
-गर्भ रहेको बेला वा गर्भको शंका लागेमा
-कुनैबेला पाठेघर वा नलीको संक्रमण भएमा
-कुनैबेला डिम्बबाहिनी नलीमै गर्भ रहेर समस्या परेको भए
-महिनावारी हुँदा अत्यधिक रक्तस्राव वा पिडा हुँदा
-रक्तअल्पता भएमा
-कहिल्यै गर्भवती नभएको भए

,

प्रतिकृया दिनुहोस्

Loading...