अब अनलाइनबाटै सूचना माग्न पाइने


  • धादिङ, १५ पुस ।

धादिङका सात वटा सरकारी कार्यालयले नागरिकले अनाइनबाटै सूचना मागेमा अनलाइनबाटै सूचना उपलब्ध गराउने भएका छन् ।

बिहीबार सूचना आयोगले आयोजना गरेको कार्यक्रममा जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय र भवन तथा शहरी विकास कार्यालयले सूचना अनलाइनबाटै उपलब्ध गराउने जानकारी गराएका हुन् ।

यसैबिच जिल्लाका ३० वटा सरकारी कार्यालयमा सूचना अधिकारी पनि तोकिएको छ । सूचना आयोगका आयुक्त किरण पोखरेलले सूचना अधिकारीहरुको नामावली र सम्पर्क नम्बरसहितको सूचनाको बोर्ड सार्वजनिक गरे।

, ,

प्रतिकृया दिनुहोस्

Loading...