तमिलनाडुकी मुख्य मन्त्री तथा नायिका जयललिताको निधन


  • एजेन्सी, २१ मंसिर ।

भारत तमिलनाडुकी मुख्य मन्त्री जयललिताको निधन भएको छ । चेन्नईको अपोलो अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै सोमबार राति पौने १२ बजे उहाँको निधन भएको जनाएको हो ।

६८ वर्षिया जयललिताको स्वास्थ्यमा समस्या देखिएपछि गएको सेप्टेम्बर २२ तारिखमा अस्पताल भर्ना गरिएको थियो । गएको आइतबार हृदयघात भएपछि जयललितालाई आइसियुमा राखेर उपचार थालिएको थियो ।

अपोलो अस्पतालमा आइतबारदेखि नै उनका शुभेच्छुकको भिड लागेको छ । त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । जयललिताले चार पटकसम्म मुख्य मन्त्रीको पद सम्हालेकी थिइन् ।

यस्तै उनले एक सय ४० वटा चलचित्रमा अभिनय पनि गरेकी थिइन् । १९४८ फेब्रुृअरी २४ मा जन्मिएकी जयललिताले सन् १९८२ मा राजनीतिमा प्रवेश गरेकी थिइन् ।

८ पटक विधानसभा तथा एक पटक राज्यसभाको चुनाव लडेकी उनि ५ पटक तामिलनाडुको मुख्यमन्त्री बनेकी थिइन्। उनि पहिलो पटक सन् १९९१ मा तमिलनाडुको मुख्यमन्त्री बनेकी थिइन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...