डा. केसीकाे अनसन तोडाउने सरकारी प्रयास अफसल,मध्यरातको वार्तामा कुरा मिलेन

काठमाडौं, १७ मंसिर ।

डा. गोविन्द केसीसँग बिहीबार नै सहमति गरेर अनसन तोडाउने सरकारी प्रयास अफसल भएको छ । 

स्वास्थ्यमन्त्री गगनकुमार थापा र शिक्षामन्त्री धनिराम पौडेलसहितको उपस्थितिमा सिंहदरवारमा राति अबेरसम्म भएको वार्ता सहमति नजिक पुगेर पनि टुंगिन सकेन ।

प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि सरकारी टोलीले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केपी सिंहलाई राजीनामा गराएर भएपनि बिहीबार नै सहमति गर्ने र डा. केसीको अनसन तोडाउने तयारी गरेको थियो ।

त्यसअनुसार रमेशकान्त अधिकारी नेतृत्वको समितिले डिन नियुक्तिको मापदण्ड समेत बनाएको छ । समितिको कार्यविधि र समय धेरै भएपनि तत्कालका लागि डिनको मात्र मापदण्ड बनाएर आंशिक प्रतिवेदन बुझाउन लगाइएको हो ।

सरकारी वार्ता टोली स्रोतका अनुसार भोलि दिउँसोसम्ममा सहमाति गरेर अनसन तोडाउन प्रयास हुनेछ । तर, डा. केसीले डिनमा जेपी अग्रवाल नै हुनु पर्ने अडान राखेकाले समस्या हुनसक्ने एक अधिकारीले बताए । स्रोत भन्छ, केपी हट्न पनि तयार भएका छन् । मापदण्ड अनुसार जेपी आउने बाटो पनि खुल्छ । तर, पहिले नै हुनुपर्छ भन्दा गाह्रो छ ।’

त्रिवि पदाधिकारीहरुले भने मापदण्ड अनुसार जो आएपनि डा. केसीले स्वीकार गर्नु पर्ने बताएका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...