पाँच वर्षसम्म रहस्यमय एउटा अपहरित घटना


पाल्पा, १६ मङ्सिर । 

पाँच वर्षअघि अपहरित पाल्पा जिल्ला जल्पा गाविस–५ का किशोर न्यौपानेको घटना अझै सार्वजनिक हुन सकेको छैन ।

तानसेन नगरपालिका–३ बारुदखानमा बस्दै आएका किशोर न्यौपाने २०६८ साउन २२ गते साथीको घरमा जान निस्केका बेला अपहरणमा परेका हुन् । त्यसको दुईदिनपछि न्यौपानेका आमा नुनकुमारी न्यौपानेलाई छोराको फोनबाट रु एक करोड फिरौती मागेको न्यौपानेका बुबा रामप्रसाद न्यौपानेको भनाइ छ ।

छोराको खोजिका लागि राष्ट्रिय मानवअधिकार आयोगमा पुग्दा उजुरी दर्ता गर्न नमानेको बुबा रामप्रसाद न्यौपाने बतानुहुन्छ । प्रहरी प्रमुखदेखि प्रधानमन्त्रीसँग भेटेर छोराको खोजी कार्यमा प्रभावकारी भूमिका निभाउन अनुरोध गरे तर पाँच वर्षसम्म पनि छोरा बारे कुनै जानकारी पाउन नसकेको उहाँले दुखेसो पोखे ।

“प्रहरीलाई दोषी किटानी जाहेरी गरेका व्यक्तिहरु अहिले खुल्लमखुला हिँडेका छन्”, आँखाबाट आँसु झार्दै उहाँ भन्छन् – “छोरा अपहरण गर्ने व्यक्तिहरु समाजमा देखे पनि प्रहरी प्रशासनले चासो नदेखाउँदा आफू अन्यायमा परेको हो ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...