विप्लवलाई भेट्न नपाएर हैरान भए प्रचण्ड


  • काठमाडौं, २१ मंसिर ।
  • रामशरण न्यौपाने

आजभोली प्रचण्ड चारैतिरबाट संकटमा छन् । भित्र र बाहिर सबैतिरबाट संकटमा छन् ।

भित्र पार्टीका आफ्नै भनेका नेताहरुले क्रमश साथ छोडेका छन् । अनि बाहिरी घेरामा प्रतिपक्षी दल एमालेलगायतका दलले कसिलो घेरामा पारेका छन् ।

यस्तो बेला प्रचण्ड आफुलाई बलियो देखाउन उनी क्रान्तिकारी शक्तिको नेतृत्व गरेका माओवादी महासचिव नेत्र विक्रम चन्द विप्लवलाई भेट्न चाहन्छन् । तर उनले भेट्ने समय भने पाइरहेका छैनन् ।

प्रचण्ड क्रान्तिकारी नेता विप्लवलाई भेटेर विपक्षीहरुलाई तर्साउन पनि भेट्न चाहेको पेरिसडाँडा स्रोतको भनाई छ । किनकि विप्लव माओवादीको ग्राउण्ड बलियो भएकोले एमालेलगायत विपक्षीलाई ‘मेरो विप्लवसँग सहकार्य छ’ भनेर देखाउन उनी विप्लवलाई भेट्न चाहिरहेका छन् ।

विप्लव माओवादी स्रोतका अनुसार प्रचण्डले एक महिनादेखि महासचिव विप्लवलाई भेट्न खोजिरहेका छन् तर विप्लवले नै भेट्ने समय दिएका छैनन् । किनकि प्रचण्डले आफुहरुलाई भेटेर त्यसको फाइदा लिन खोजेको उनको बुझाई छ ।

प्रचण्डले जनयुद्धका सारा शक्तिलाई विघटन गरेर ठूलो गल्ती गरेको भन्दै विप्लव माओवादीले यो बेला प्रचण्डलाई नभेट्ने योजना बनाएको विशेष स्रोतको भनाई छ ।

पछिल्लो समयमा प्रचण्डको दोहोरो नीति देखेपछि भारतसमेत प्रचण्डसँग रिसाउन थालेको वालुवाटार स्रोतको बुझाई छ । त्यही भएर सबैतिरबाट संकटमा परेका प्रचण्डलाई क्रान्तिकारीहरुको साथ चाहिएको छ ।

त्यो साथ उनलाई आफ्नो सरकार टिकाउन र केही वर्ष संसदीय राजनीतिमा हावी हुन लागि हो भन्ने कुरा क्रान्तिकारी माओवादीहरुले बुझेका छन् ।

त्यत्रो दश वर्ष जनयुद्ध यही संसदीय व्यवस्थाका विरुद्ध लडेका प्रचण्ड घुमेर उही संसदीय व्यवस्थाको घोडा बन्न आएपछि महासचिव विप्लवलगायत क्रान्तिकारी नेता र कार्यकर्ताहरुको उनीप्रति ठूलो घृणा र आक्रोश रहेको छ ।
त्यही घृणा र आक्रोशका कारण प्रचण्डले विप्लवलाई भेट्न पाइरहेका छैनन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...