पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि


  • काठमाडौं,२२ मंसिर ।

आफ्ना माग पूरा नभएको भन्दै रामेछापमा पुनर्निर्माणमा खटिएका प्राविधिक बुभबारदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । रामेछापकामा पुर्ननिर्माणका लागि खटिएका झन्डै दुई सय प्राविधिकले कामकाज ठप्प पारेर जिल्ला सदरमुकाम मन्थलीमा जम्मा भएका छन् ।

उनीहरुले कर्मचारी फिल्डमा बस्दा फिल्ड भत्ता, जीवन बीमा, सञ्चार, कार्यालय व्यवस्थापन र यातायातको लागि आवश्यक पर्ने रकम व्यवस्थापनको माग गर्दै देशभरका प्राविधिकहरुले असोज महिनादेखि नै आन्दोलन गर्दै आएका छन् ।

माग सम्बोधन हुने सरकार र पुनर्निर्माण प्राधिकरणले भने पनि अहिलेसम्म सम्बोधन नभएकाले आन्दोलनमा उत्रिनु परेको प्राविधिकको भनाई छ । सदरमुकाम मन्थलीमा भेला भएका प्राविधिकले शहरी विकास डिभिजन कार्यालय रामेछापका आयोजना प्रमुख अमरबहादुर थापालाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

उनीहरुले बुझाएका ज्ञापन पत्रमा आफुहरुको माग पुरा नभएसम्म काममा नर्फकीने तथा उस्तै परे सामूहिक राजीनामा दिने चेतावनी समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...