पश्चिम नेपालमा भूकम्प गयो, मध्यरातमा स्थनीय त्रसित


  • इमान्दार मिडिया संवाददाता
  • काठमाडौं, १७ मंसिर ।


नेपलाको पश्चिमी क्षेत्रमा भूकम्पको कडा धक्का महसुस गरिएको छ ।

बिहिबार राती ११ :बजे भारतसँग सिमाना जोडिएको  सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला सदरमुकामदेखि १५ किलोमिटर उत्तर पश्चिम भूभागलाई केन्द्रबिन्दु बनाई ५.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । जुन भूकम्प पश्चिम नेपालको यो बर्षकै सबैभन्दा ठूलो भूकम्प हो |

बिहिबार राति करिव १०:४५ बजे आएको भूकम्पको सुदुरपश्चिमका अधिकांश जिल्लामा धक्का महशुस गरिएको हाम्रा संवाददाताहरूले बताएका छन् | त्यस्तै कर्णाली अंचलका पश्चिमी जिल्लाहरुमा पनि आजको भूकम्पको धक्का महशुस गरिएको छ । मध्यरातमा भूकम्पको कडा धक्का महसुस भएपछि स्थानीयहरु त्रसित बनेका थिए ।

गत बर्ष बैशाख १२ गतेपछी भूकम्पको पराकंप आउने क्रम अझै रोकिएको छैन तर आज दार्चुलालाई केन्द्रबिन्दु बनाई आएको भूकम्प भने पराकंप नभई नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

नेपालको पश्चिमी भूभागलाई केन्द्रबिन्दु बनाई २०७३ सालमा मात्र ४ रेक्टर माथिको ८ ओटा भूकम्प गएको छ | जसमध्ये बझांगमा ५ पटक, कालिकोटमा १, बाजुरामा १ र दार्चुलामा १ (आज) रहेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...