गुल्मी आन्दोलन सातौं दिनपनि जारी


  • गुल्मी,२१ मंसिर ।

प्रदेश नम्बर पाँचलाई टुक्राउन लागेको विरोधमा आयोजना गरिएको अनिश्चितकालीन गुल्मी बन्दका कारण एक सातादेखि गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ ।

आन्दोलनकर्ताहरुले सदरमुकाम तम्घासलगायत ग्रामीण क्षेत्रहरुमा नाराबाजीसहित प्रदर्शन गर्दै विरोधमा उत्रिएपछि जिल्लाका सम्पूर्ण उद्योग तथा कलकारखानाहरु एक सातादेखि ठप्प छन् ।

आन्दोलनकर्ताहरुले दिनहुँ जस्तै मंगलबार पनि जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिने कामलाई निरन्तरता दिएका छन् ।

त्यस्तै गाडीहरु सञ्चालन हुन सकेका छैनन् । विरोध प्रदर्शनका क्रममा मंगलबार दिउँसो सदरमुकाम तम्घासमा जुलुस प्रर्दशन गरिने कार्यक्रम रहेको संयुक्त आन्दोलन संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताए । सरकारले प्रदेश टुक्राउने गरी संसद सचिवालयमा दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म आन्दोलन जारी रहने श्रेष्ठको भनाइ छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...