राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घट्यो

  • काठमाडौं, २० मंसिर ।

नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । आयल निगमको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाएको हो । डिजेल, पेट्रोल, मटितेलको मूल्य भने घटेको छैन ।

आयल निगमले आन्तरिक उडानका लागि प्रतिलिटर मूल्य ८ रुपैयाँ कम गरेको छ । यसअघि प्रतिलिटर ९४ रुपैयाँ रहेको हवाइ इन्धनको मूल्य ८६ रुपैयाँमा झारिएको निगमका वितरण विभाग प्रमुख सीताराम पोखरेलले जानकारी दिए ।

यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य पनि प्रतिहजार लिटर ८१ डलर घटेको छ । यसअघि प्रतिहजार लिटर ८३१ डलर रहेको अन्तर्राष्ट्रियतर्फको मूल्य ७५० डलरमा झारिएको निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । अन्य पेट्रोलियम पदार्थको लगाएतग्यसको मूल्य भने घटाइएको छैन ।

आइओसीले नयाँ मूल्य सूची पठाएपछि त्यसैका आधार हवाइ इन्धनको मूल्य घटाएको हो । भारतमा भन्दा नेपालमा तेल सस्तो भएका कारण तेलको कालोबजारी भएकाले मूल्य घटाउन निगमले आनाकानी गरेको हो । निगमलाई अहिले पनि डिजेल र पेट्रोलमा नाफा कायमै रहेको प्रवक्ता खनालले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...