पाल्पामा दुईवटा सवारी साधनमाथि तोडफोड

पाल्पा, १९ मंसिर।

बन्दका बेलामा सवारी सधान चलाएको निहुँमा दुईवटा सवारी साधनमाथि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

अनिश्चितकालीन पाल्पा बन्दको अवज्ञा गरेको निहुँमा आन्दोलनकारीले तानसेन–बुटवल सडकखण्डको तानसेनस्थित बृन्दावनमा सवारी साधनमाथि तोडफोड गरेका हुन् ।

आन्दोलनकारीले युपी ५३ ए जेट ०२५२ नम्बरको भारतीय मोटरसाइकल र बा१ख ५४८८ नम्बरको टिपर तोडफोड गरेका हुन् ।

पाल्पालाई प्रदेश नं ५ बाट ४ नं प्रदेशमा गाभ्ने सरकारको निर्णयको विरोधमा पाँच दिनदेखि पाल्पा पूर्णरुपमा बन्द भएको छ । दलको अगुवाइमा भएको बन्दले पाल्पाको जनजीवन कष्टकर बनेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...