देवचुलीका ३ विद्यार्थी एकैदिन वेपत्ता, ३ दिन सम्म अत्तोपत्तो लागेन



ज्ञानु पंगेनी । 

नवलपरासी , १५ पुस ।

नवलपरासीको देवचुली नगरपालिकाबाट ३ जना बालक ३ दिनदेखि वेपत्ता भएका छन । भीमसेन आदर्श माध्यामिक विद्यालय देवचुली १० को कक्षा ७ मा अध्यनरत देवचुली १० भगवतिटोल निवासी १४ वर्षका शिशिर गौतम, देवचुली १२ लक्ष्मीपुर निवासी १४ वर्षकै सुमित इटनी र देवचुली ९ विशालटार निवासी १५ वर्षको सुदन बराल १३ गते दिउसोदेखि वेपत्ता भएका हुन ।

उनीहरु तिनै जना कक्षा ७ मा पढ्ने बिद्यार्थी हुन । विद्यालय बाट परिक्षा सकेर उनीहरु २ बजे निस्केको विद्यालयका प्रध्यानाअध्यापक र नरदेव न्यौपानेले बताए ।

न्यौपानेका अनुसार उनीहरुको पारिवारिक श्रोतसंग बुझ्दा घरबाट तिनै जनाले पैसा समेत निकालेर हिडेको भन्ने कुरा आएको बताए । साथीहरुसंग पोखरा घुम्न जाने भनेर भन्ने गरेकोले उनीहरु पोखरा घुम्न गएका छन की भन्ने अनुमान गरिएकोछ ।

शिशिर गौतमका वुवा कृष्ण गौतमका अनुसार उनीहरु तिनै जना विद्यालयबाट घर फर्केर साझ ६ बजेसम्म गाउमै खेलेका थिए त्यसपछि उनीहरु वेपत्ता भएका हुन ।

साथीहरुसंग पोखरा जाने भन्ने कुरा गरेकाले पोखरा प्रहरीलाई समेत खबर गरि खोजी कार्य भइरहेको र आफुहरु समेत पोखरा खोजीका लागि पुगेको बताए ।

छोराको खोजीका लागि प्रहरीमा उजुरी दिएको र विभिन्न स्थानमा खोजी गरिरहेको बताउदै उनले नागरिक समाज ,संचारकर्मी सबैलाई खोजी गरिदिन आग्रह गरेका छन ।

,

प्रतिकृया दिनुहोस्

Loading...