शिल्पाको निम्ति निर्माता ओझा र निर्देशक देउजाबीच झगडा !


  • काठमाडौँ, २१ मङ्सिर | 

निर्माता छबिराज ओझाको कम्पनि छबिराज प्रोडक्शनको ब्यानरमा गत बर्ष नै फिल्म 'हिफाजत २' बन्ने चर्चा चल्यो । करिब पाँच बर्ष पहिले जस्तो रिलिज फिल्म 'हिफाजत'को सिक्वेलको तयारी हुँदैगर्दा निर्माता ओझाले निर्देशक ज्ञानेन्द्र देउजालाई लिएर काम पनि अघि बढाई सकेका थिए । तर अब उक्त फिल्म निर्माणमा नै अन्यौलता थपिएको छ । 


श्रोतका अनुसार 'हिफाजत २' बनाउने गत बर्ष नै पोष्टपोण्ड गर्दै 'किस्मत २' बनाएर रिलिज समेत गरिसकेका छबिराज यो पटक पनि अर्को 'प्रोजेक्ट 'मंगलम' निर्माणको तयारीमा जुटेका छन् । जुन कुराले निर्माणको तयारी हुँदैगर्दा रोकिएपछि निर्माता ओझा र निर्देशक देउजाबीच दुरी बढेको बुझिएको छ । 


निर्माता र निर्देशकबीच कुरा नमिल्नुको पछाडि कास्टिङको समस्या बताईएको छ । श्रोतका अनुसार ओझाले उक्त प्रोजेक्टमा अभिनेत्रीमा शिल्पा पोखरेल र लिड अभिनेतामा 'किस्मत २' खेलेका पृथ्वीराजलाई लिने निर्णय गरेपछि निर्देशक देउजाले उक्त कुरा अस्विकार गरेका थिए । त्यसपछि देउजासँग सम्पर्क अनि सहकार्य नै नगरी छबि ओझा 'मंगलम'तिर लागेको बुझिन्छ ।


छबिले 'मंगलम'मा निर्देशनको जिम्मा नवल नेपाललाई दिने निर्णय गरिसकेका छन् । यसअघि पनि छबिको 'लज्जा' फिल्म नवलले नै निर्देशन गरेका थिए । स्मरण रहोस, छबिराज ब्यानरको 'किस्मत २' खेलेपनि पृथ्विराज अभिनेतामा स्थापित हुन नसकेका कलाकार हुन् ।

प्रतिकृया दिनुहोस्

Loading...