संसारकै एकमात्र यस्तो होटेल, जहा छिर्नासाथ हुन्छ लोग्नेस्वास्नीको डिभोर्स


यो दुनियामा यस्तो आश्चर्यजनक होटेल पनि छ जहाँ छिर्नासाथ श्रीमान श्रीमतीको डिभोर्स हुन्छ । सोही कारण यो होटेलको नामै डिभोर्स होटेल रहन गएको छ ।

नेदरल्याण्डमा रहेको यो होटेल सुन्दरताले भरिपूर्ण छ । होटेलमा डिभोर्सका लागि प्रसस्तै वकिलहरुको व्यवस्था समेत गरिएको छ । यो एउटा यस्तो होटेल हो जहाँ केवल विवाह गरेका लोग्ने स्वास्नीलाई मात्र प्रवेश दिइन्छ ।

उनीहरु होटेलभित्र छिर्दा लोग्नेस्वास्नी हुन्छन् तर जब होटेलबाट बाहिर निस्किन्छन् तब उनीहरुको डिभोर्स भैसकेको हुन्छ ।

वास्तवमा डिभोर्स गर्नकै लागि दम्पतिहरु उक्त होटेलमा जान्छन् । वैवाहिक जिवनबाट खुसी नरहेका र अलग्गिन चाहने दम्पतिहरु त्याँ जान्छन् ।

यस्तै जोडीहरुको लागि परामर्श, पुनर्मिलनको सम्भावना तथा डिभोर्सको लागि कानूनी सहायता प्रदान गरिन्छ होटेलमा । 

डिभोर्सका लागि राजी भैसकेपछि त्यहाँ रहेका वकिलले डिभोर्सको कागजी प्रक्रिया पूरा गरिदिन्छन् र उनीहरुबीच डिभोर्सको टुंगो लाग्दछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...