डीडीसी अनियमितता काण्ड ३ - यसरी दर्जनौं प्याकेट दुध सुटुक्क लान्छन जीएम तिम्सिना (भिडियोसहित)

- इमान्दार मिडिया संवाददाता
किसानले निक्कै मिहेनतका साथ उत्पादन गरेको सुद्ध दुधमाथि डीडीसीले मिसावट गरेर ट्यांकरका ट्यांकर दुध फालेको भिडियो इमान्दार मिडियाले ब्रेक गरेकाे थियाे ।
त्ययसपश्चात हामीलाई प्राप्त पछिल्लो एक प्रमाण अनुसार संस्थानका जीएम गंगा तिम्सिनाले कानुन बिपरित सस्थानबाट एक रुपैया पनि नतिरी दुध चोरी गरेर आफ्नो घर लग्ने गरेको तथ्य फेला परेको छ ।
'२ बर्षअघि नै अवकाश पाएका जीएम तिम्सिना केपी ओलीको पावर लगाएर फेरी ३ बर्षे करार अवधिमा प्रमुख बनेर आएपछि सस्थांनलाई व्यक्तिगत सम्पत्तिजस्तै ठानेर प्रयोग गरिरहेका छन् ।' डीडीसी श्रोतले इमान्दार मिडियासँग भन्यो । 'जुनसुकै पार्टीको मान्छे प्रधानमन्त्री बनेर आएपनि यो सस्थांनको जीएम हुने मै हो भन्दै जीएमसाब असभ्य तरिकाले कर्मचारीसँग प्रस्तुत हुने गर्नुहुन्छ ।'
ड्राइभरलाइ प्रयोग गरी दुध घरमा ओसार्छन् जीएम तिम्सिना
सस्थानको बालाजुस्थित आयोजनाबाट जीएम तिम्सिनाले आफ्नो ड्राइभरलाइ प्रयोग गरी आफ्नो घरमा सुटुक्क चोरी गरी एकै पटक दर्जनौ क्यारेट दुध लाने गरेका छन् ।
स्रोतले भन्यो, 'यस प्रकारको मनपरीबिरुद्ध कोही पनि कोहि बोल्ने आट नै गर्दैनन् र बोल्नेहरुलाई उनले 'सकेको गर' भन्ने मनासयले उत्तर दिन्छन् । सस्थांभित्र माैलाएको यस प्ररकारकाे राजनितिकका कारण 'जसले जे गरेपनि हुन्छ] भन्ने मानसिकता कर्मचारीहरुमा छ । यहि अवस्था रहिरहे संस्थान निश्चित छ ।'
इमान्दार मिडियाले यसअघि तिम्सिनाले सस्थां डुबाउने र निजीकरण गर्दै आफुले व्यक्तिगत फाइदा लिने योजना र दुधमा भएको मिसावट बारे बिशेष समाचार प्रकाशन गरेपछि सस्थांनको बालाजु आयोजनामा कसले सुचना चुहायो भन्दै हंगामा मच्चाएको नाम नबताउने सर्तले डीडीसीका एक कर्छमचारीले बताए ।
तलको भिडियो सस्थांनको बालाजुस्थित आयोजनाको हो, त्यहाँ भिडियोमा दुध लगेर गइरहेका व्यक्ति तिम्सिनाका ड्राइभर हुन्, भने उनले यो दुध जीएमलाई लग्दै छु भनेर प्रष्ट भनेका छन् । कानुनीरुपमा यसरि सस्थांनबाट व्यक्ति-व्यक्तिले प्याकेटका प्याकेट दुध लग्न भने नपाइने कर्मचारीहरु बताउछन् ।
हेर्नुहोस् भिडियो
गोपनीयता र सुरक्षा संबेदनशीलताका हिसाबले यो भिडियोमा हामीले आवाजलाई म्युट गरेका छौं, आवश्यक परेको खण्डमा गोपनीयता भंग नहुनेगरि हामी भिडियोलाई आवाजसहित पेश गर्नेछौं ।
प्रतिकृया दिनुहोस्
Loading...