मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

- सप्तरी, १० माघ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल पुलमा ठोक्किएर आज बिहान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको प्रसवनी गाविस–५ बस्ने वर्ष ३३ का ज्ञानदेव यादव रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय उदयपुर ठोक्सिलामा कार्यरत प्रहरी जवानले चलाएको को२६प ३००१ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोमा राजमार्गमा दुर्घटनामा परेको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते प्रहरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट गम्भीर घाइते प्रहरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...