भूकम्प पिडितका लागि दोस्रो किस्ता अनुदान : १२ अर्ब निकासा

- काठमाडौं, १३ माघ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिएको छ ।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र भूकम्पीय आवास पुनर्निर्माण आयोजनालाई अख्तियारी दिइएको प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले बताए ।
बुधबार बसेको बैठकले दोस्रो किस्ताको रकम वितरणका लागि अख्तियारी दिने निर्णय गरेको थियो । पहिलो किस्ताको ५० हजार रुपैयाँले आधारभुत तहको निर्माण कार्य सम्पन्न गरिसकेका लाभग्राहीलाई दोस्रो किस्ताको आवास अनुदान रकम बितरण थालेको पोखरेलले बताए ।
तत्कालका लागि दोस्रो किस्ताको रुपमा रहने १ लाख ५० हजार रुपैयाँ अनुदान लिन आउने लाभग्राहीलाई बितरण गरिनेछ ।
प्रतिकृया दिनुहोस्
Loading...