यी ८ बास्तु नियमः जसले ल्याउँछ घरमा सुख शान्ति

बास्तु शास्त्रका अनुसार घरमा केही कुरामा ध्यान दिने हो भने हरेक समय सुख शान्ति प्राप्त हुन सक्छ ।
किन भने घरमा रहेका हरेक बस्तुले सकारात्मक र नाकारात्मक उर्जा बनाइरहेका हुन्छन् ।
घरमा नकारात्मकलाई निषेध गरेर सकारात्मक उर्जा जम्मा हुन दिएमा घरमा सुख शान्ति हुने बास्तु शास्त्रको दावी छ ।
१. घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो
ट्याङ्की छतको दक्षिण-पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको
भनाइ छ । अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ ।
२. घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा
शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ । उत्तर-दक्षिण
दिशा घरको स्वामिको दिशा मानिन्छ ।
३. भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि
तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् । यसैले एक अर्काबाट
टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।
४. घरमा सर-सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो
गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ ।
५. घरमा परिवारको तस्विर राख्दा दक्षिण-पश्चिम दिशामा राख्नु
शुभ मानिन्छ । यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर
राख्दा घरमा प्रेम बढ्छ ।
६. घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो
बास्तु नियम विपरित मानिन्छ ।
७. घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ । घरमा फोहोर जम्मा
हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ ।
८. घरमा रहेको पुजा स्थल वा मन्दिरमा नियमितरुपमा देवी देवताको
तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र
सकारात्मक उर्जा पैदा गर्छ।
यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः

प्रकाशित मिति: आइतबार, पौष १७, २०७३
प्रतिकृया दिनुहोस्
Loading...