चिनियाँ संस्कृति सम्बन्धी वसन्त कला महोत्सव पोखरामा सम्पन्न

- आश तमु ।
- पोखरा, ९ माघ ।
पोखराको लेकसाइडस्थित अम्बोटमा चिनियाँ संस्कृति सम्बन्धी वसन्त कला महोत्सव शनिवार साँझ सम्पन्न भएको छ।
चिनिायाँ नयाँ वर्षको अवसरमा नेपाल चीन जनमैत्री संघ पोखरा, सिन्वा न्युज एन्जेसी र पोखराका विभिन्न पर्यटनसँग सम्बन्धी संघ संस्थाको सहकार्यमा कला महोत्सव सम्पन्न भएको हो ।
नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार चीनको हुनान प्रान्तको साउसान नगरका कलाकारहरु द्दार्या न्रित्य प्रस्तुत गरेको वताए।
कार्यक्रममा साउसानका नगर प्रमखु सहभागी भएको पालिखेले बताए ।कला संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए ।
यो कार्यक्रममालाई आगामी दिनमा व्यापक रुपमा आयोजना गर्ने सोंच बनाइएको पालिखेको भनाइ छ । १९ जनाको कलाकारको टोलीले साँझ ५ बजे देखि ३ घण्टासम्म चीनको कला संस्कृति झल्कने प्रस्तुति राखेका थिय। ।
कार्यक्रममा पश्चिमाञ्चल होटल संघ, रेबान, टान, नाट्टा, चिनिया उद्यमी व्यवसायी मञ्च लगायतको सहयोग थियो
प्रतिकृया दिनुहोस्
Loading...