चन्दननाथ मन्दिरबाट हराएका मूर्तिहरु भेटिए


जुम्ला, १९ पुस ।

जुम्लाको एेतिहासिक चन्दननाथ मन्दिरबाट हराएका केही मूर्तिहरु एक महिनापछि भेटिएका छन् । कर्णाली अञ्चलकै प्रशिद्ध चन्दननाथ मन्दिरबाट गत मंसिर ११ गते राति २१ वटा मूर्तिहरु चोरी भएका थिए ।

तर, चाँदीको दत्तात्रयको मूर्तिबाहेक अरु सबै मूर्तिहरु भेटिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । भेटिएकामध्ये दुईवटा शंखसमेत छन् ।

मूर्ति भेटिएको स्थान जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको पैदल दुरीमा पर्दछ । स्थानीय महिलाले खेत र खोलामा मूर्ति देखेपछि प्रहरीसम्म खबर पुर्‍याइएको थियो । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी पण्डितसहित प्रहरीको थप टोली देपाल गाउँ पुगेको थियो ।

मूर्तिलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ । मूर्तिको पखाईमा चन्दननाथ मन्दिर अगाडि भक्तजनहरुको घुइँचो लागेको छ ।

मूर्ति चोरी भएपछि सिआइवीको टोली जुम्लामै पुगेर अनुसन्धान थालेको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...