विज्ञापनका लागि कन्डम निधारमा टास्ने मोडलहरु !

चीनको एक कन्डम उत्पादक कम्पनीले मोडलहरु प्रयोग गरेर कन्डमको प्रचार गर्न अनौठो तरीका अपनाएको छ ।

बेईजिङ मेट्रोमा केही दिन अघि लस्करै बसेका मोडल केटीहरुको निधारमा कसैको , छातीमा त कसैको स्तनको माथिल्लो भागमा कन्डम टासिएको थियो ।

मानिसहरु निकै अचम्मका साथ हेरिरहेका थिए कि यहा के भईरहेको छ । तर उत्पादक कम्पनीले यो विज्ञापनको शैलीबाट उनीहरुले कन्डममा प्रयोग गरेको लुव्रिकेन्टले मानिसको छालालाई कुनै असर गर्देन बरु सुन्दर बनाउछ भनेर प्रचार गर्न खोजेका थिए ।

यद्यपि, विज्ञापनको यो तरीकाको चौतर्फी आलोचना भए पछि रोकिएको थियो ।

एजेन्सीको सहयोगमा  १७ पुस  २०७३ मा प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...