अमेरिकी ट्रम्पको विपक्षमा उभिए महान्यायाधीवक्ता
- एजेन्सी, १८ माघ ।
अमेरिकाकी अन्तरिम महान्यायाधीवक्ताले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको दिर्नेशनको पक्षमा नलाग्न निर्देशन दिएका छन ।
अन्तरिम महान्यायाधीवक्ता साली यट्सले राष्ट्रपति ट्रम्पको निर्देशन संवैधानिक रहेकोमा आफू सहमत हुन नसकेको बताए ।
उनले तत्कालका लागि ट्रम्पको निर्देशनको पक्षमा नलाग्न उनले विभाग अन्तर्गतका सबै वकिलसँग आग्रह गरेका छन्। राष्ट्रपति ट्रम्पले मुस्लिम बाहुल्य रहेका सात देशका नागरिक तथा शरणार्थीलाई अमेरिकामा प्रवेशमा रोक लगाउने निर्देशनको चौतर्फी विरोध भइरहेका बेला न्याय विभागकी अन्तरिम प्रमुख यट्सको यस्तो भनाई आएको हो ।
न्याय विभागको प्रमुखको हैसियतमा कुनै पनि निर्देशनको पक्षमा उभिनका लागि त्यो कानुनी रुपमा पक्ष लिन योग्य र न्यायमुलक हुनु पर्ने उहाँले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । तर राष्ट्रपति ट्रम्पको निर्देशन कानुन सम्वत रहेकोमा आफू सहमत हुन नसकेको उनले वक्तव्यमा उल्लेख गरेका छन् । यट्सलाई पूर्व राष्ट्रपति बाराक ओबामाले न्याय विभागको प्रमुखमा नियुक्त गरेका हुन।
उनको स्थानमा को आउने भन्ने अहिलेसम्म यकिन भएको छैन । राष्ट्रपति ट्रम्पले सिनेटर जेफ सेसन्सलाई न्याय विभागको प्रमुखका लागि छान्नु भएको छ । सिनेटले यसबारे बिहीबार मतदान गर्नेछ । यसैबिच राष्ट्रपति ट्रम्पले आफ्नो निर्देशनको बचाउ गर्ने क्रम छोडेका छैनन् । राष्ट्रपति ट्रम्पले डेमोक्र्याटिक पार्टीले आफ्नो मन्त्रिपरिषद विस्तारमा अवरोध गरिहेको र यो पूर्ण रुपले राजनीतिक कारणले मात्रै गरिएको आरोप लगाएका छन् ।
राष्ट्रपति ट्रम्पले गएको शुक्रबार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक लगाउने तथा अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गरेका थिए ।
तर विश्वका विभिन्न देशमा रहेका सयौं अमेरिकी कुटनीतिज्ञले राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणर्थीमाथिको प्रतिबन्ध लगाउने निर्णयको विरोध गर्ने तयारी गरेका छन् । राष्ट्रपति ट्रम्पको विभिन्न सात देशका नागरिक तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी निर्णयको अमेरिकी कुटनीतिज्ञले संयुक्त रुपमा विरोध गर्ने तयारी गरेका हुन् ।
कुटनीतिज्ञले तयार गरेको वक्तव्यमा आप्रवासीमाथिको प्रतिबन्धले अमेरिकालाई सुरक्षित नबनाउने र विश्वभर अमेरिकाका विषयमा नकारात्मक सन्देश प्रवाह हुने उल्लेख गरिएको छ । यसअघि पनि कुटनीतिज्ञको यस्तो वक्तव्य आउने गरेको थियो । तर सयौं कुटनीतिज्ञले एकसाथ हस्ताक्षर गरेर विरोध गर्न लागेको भने पहिलो घटना हो ।
प्रतिकृया दिनुहोस्
Loading...