दुबईमा नेपाली सुरक्षागार्डको तलब बढ्यो

- काठमाडौं, १४ माघ ।
दुबईमा सेक्युरिटी गार्डको तलब बढ्ने भएको छ । यसले नेपालीहरु पनि लाभान्वित हुनेछन् ।
नयाँ कानुन अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र राम्रो तालिम पाउने भएका हुन् । ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटी’ (सिरा)का अनुसार सुरक्षा गार्डहरुको मासिक न्यूनतम तलब हाल १४४० दिराम बाट बृद्धि भई १९२० दिराम पुग्ने छ ।
साथै कम्पनीहरुले सुरक्षा गार्डलाई राम्रो फिटनेश तालिम दिनु पर्नेछ ।
दुबईमा मंगलबार आयोजित सुरक्षा सम्मेलनमा सिराका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले कालान्तरमा सुरक्षा सेवाको गुणस्तर कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।
‘हामी राम्रो गुणस्तर चाहन्छौं र सुरक्षा गार्डहरुलाई दुबईमा गर्व गर्ने बनाउँछौं । तर, उद्योगहरुलाई समय दिनुपर्छ, उनले भने ।
२००५ देखि ००८ सम्म सुरक्षा गार्डलाई ८०० दिराम दिइन्थ्यो । २००८ को संघीय कानुनले न्यूनतम तलब बढायो । तर, आर्थिक संकटका कारण दुबईमा न्यूनतम तलवमान समयमै लागू हुन सकेन ।
आर्थिक संकटबाट तंग्रिएपछि झण्डै ४० हजार सुरक्षागार्डको तलव बढाएर १४४० पुर्याइएको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...