डीडीसी अनियमितता काण्ड २ - मिसावट गरेर यसरी फालिन्छ ट्यांकरका ट्यांकर दुध (भिडियोसहित)

  • इमान्दार मिडिया संवाददाता
सरकारी स्वामित्वको दुग्ध विकास संस्थानमा हुने गरेको भ्रष्टचार र अनियमितताबारे इमान्दार मिडियाकमले एक्स्कुल्सिभ खबर ब्रेक गरेपछि संस्थानका अन्य कर्तुतहरुपनि सार्वजनिक हुन थालेका छन् ।

यसैबीच किसानले निक्कै मिहेनतका साथ उत्पादन गरेको सुद्ध दुधमाथि डीडीसीले मनपरी गरेको भिडियो इमान्दार मिडियालाई उपलब्ध भएको छ ।

कर्मचारीहरुको फरक - फरक भनाई

सस्थांनको बालाजुस्थित आयोजनामा करिब ४ सय जना कर्मचारी कार्यरत छन । सस्थांनको मनपरीबिरुद्ध केहि बोल्न चाहान्छन भने कोहि मुख खोल्ने चाहन्नन् । यस्तै दुध फालिएको केशमा पनि त्यहाँका कर्मचारीहरुले फरक- फरक खुलासा गरेका छन् ।

सस्थांभित्रको राजनितिकका कारण जसले जे गरेपनि हुन्छ भन्ने मानसिकता कर्मचारीहरुमा छ । २ बर्षअघि नै अवकाश पाएका जीएम गंगा तिम्सिना केपी ओलीको पावर लगाएर फेरी ३ बर्षे करार अवधिमा प्रमुख बनेर आएपछि सस्थांनका कर्मचारीहरु निक्कै सन्तुष्ट बनेका छन् ।

तिम्सिनाले राजनीतिक पावरमा नियम विपरीत जीएमको पद ओगटेको भन्दै र्मचारीहरु आन्दोलनमा समेत उत्रिएका थिए ।

दुधमा अखाद्य बस्तु मिसाइयो !

उपभोक्तालाई  बाक्लो दुध देखाएर भाउ बढाउने लोभमा गुणस्तरहीन सामाग्री दुधमा मिसावट गरेर प्याकिङका लागि तयार पारिएको गुणस्तरहीन दुध त्यहाँकै केहि  कर्मचारीहरुले फाल्न लगाएका छन् ।

श्रोतका अनुसार दुधको भाउ बढाउने तयारी भन्दै अखाद्य बस्तु हालेर दुधलाइ बाक्लो बनाउन समेत खोजिएको थियो ।

'सस्थांनभित्रै त्यस्ताे भएपछि करिब १६ सय लिटर भन्दा बढी दुध पोखियो । संस्थानले उत्पादन गर्ने दुधमा मनपरी भएपछी  यहाँका केहि कर्मचारीहरुले दुध पोख्नुपर्यो नभए यो कुरा हामी सार्वजनिक गर्छौं भनेपछि मिसावटयुक्त पुरै ट्यांकर दुध पानी पाेखेजस्तै गरि फालियाे ।' श्रोतले इमान्दार मिडियासँग भन्यो ।

हेर्नुहोस् भिडियो



यो पनि पढ्नुहोस्

डीडीसीका हाकिमको कहानी नम्बर १ : संस्थान डुबाउने यस्तो छ योजना, यसरी हुन्छ करोडौंको चलेखेल
 ११ माघ २०७३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...