साउदी जेलमा ७ वर्ष बिताएर ११ नेपाली स्वदेश फर्किए, प्रधानमन्त्री प्रचण्डलार्इ भेटेर यसरि पोखे दुखेसो

  • काठमाडौं, १८ माघ ।

ज्यान मुद्दामा ७ वर्षदेखि साउदीको जेलमा रहेका ११ नेपाली युवा छुटेर नेपाल आइपुगेका छन् । एक नेपालीको भने जेलमै मृत्यु भएको छ । तर, उनको शव अझै नेपाल आएको छैन ।

नेपाल आइपुगेका नेपालीहरूले मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलार्इ भेटेर आफ्ना दुःख पोखेका छन् । जेल परेपछि पटक-पटक सरकार र नेपाली दूताबासलार्इ गुहार मागेपनि सुनुवाइ नभएको गुनासो गरे ।

पछिल्लो समय नेपाल सरकारकै पहलमा छटेका उनीहरूले मंगलबार प्रधानमन्त्रीलार्इ भेटे । उनीहरू मध्येका एकभीमप्रसाद चिमरियाले भने, हामीहरू २/३ महिना पनि बस्नु पर्दैन थियो, किनभने हामी निर्दोष थियो । के अपराधमा थुनिएको नै थाहा छैन ।’

भारतीय नागरिकको हत्या अभियोगमा उनीहरू जेल परेका थिए । र, साढे ५ वर्ष जेलमा बसेपछि सजाय सुनाइएको थियो ।

उनीहरूले जेलमा बस्दाका दुःख सुनाए । केही बोल्यो भने इलेक्ट्रिक सक लगाउँत्थ्यो । हाम्रै अघि कतिपयलार्इ काटिएको छ । त्यसैले राति सुत्दा पनि कति बेला उठाएर लगेर मार्छ कि भन्ने डर हुन्थ्यो, एक युवाले भने ।

नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहूँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरिया सन् २०१० फेब्रुअरीमा साउदीको जेद्दा बराइमान जेलमा परेका थिए ।

जेल परेका झापा मधुबनका उमेश श्रेष्ठको भने साउदी जेलभित्रै मृत्यु भएको पीडितहरूले प्रधानमन्त्रीलार्इ जानकारी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...