चुरोट छाड्न चाहनुहुन्छ, अपनाउनुहोस् यी ५ उपाय


धुम्रपान स्वास्थ्यका लागि हानीकारक छ। विश्वका धेरै मानिसलाई यो थाहा हुँदाहुँदै पनि उनीहरु धुमपान गर्छन्। चुरोटको लत छाड्न निकै गाह्रो हुन्छ। त्यहीभएर पनि मानिसले चाहेर पनि धुमपान गर्न छाड्न सकेको हुँदैन।

चुरोटका वेफाइदाबारे सबैलाई थाहा छ। चुरोट खान कसरी छाड्ने भन्ने सोचिरहनुभएको छ भने सबैभन्दा उत्तम उपाय चुरोटमा हुने निकोटिनको तलतल कम गर्नु हो।

चुरोट छाड्न मदत गर्ने केही उपाय यस्ता छन् :

कागतीको रस र विरे (कालो) नुन मिसाएर सुकेको अदुवाको टुक्रा चुस्ने। यसमा भएको सल्फरले धुमपानको इच्छा कम गर्छ।

अमलाको टुक्रामा नुन मिसाएर सकाउने। धुमपान गर्न मन लागेको समयमा यी टुक्रा चुस्ने। यसमा भएका भिटामिन सिले निकोटिनको तलतल कम गर्छ।

धुम्रपान गर्न मन भएमा दालचिनीको टुक्रा चबाउने। यसको पीरो स्वादले निकोटिनको इच्छा कम गर्छ।

त्यस्तै धुमपान गर्न मनभएमा चुइगम पनि चबाउन सकिन्छ। यसले ध्यान अन्तै केन्द्रित गर्न मदत गर्छ।

बेकिङ सोडाले शरिरको पीएच लेभल सन्तुलनमा राख्छ। यसले निकोटिनको इच्छा कम गर्छ। दिनमा दुईतीन पटक पानीमा बेकिङ सोडा घोलेर पिउनाले चुरोट छाड्न मदत गर्छ।

,

प्रतिकृया दिनुहोस्

Loading...