इस्तानबुलस्थित एक नाइट क्लबमा आक्रमण, ३५ को मृत्यु


काठमाडौं, १७ पुस । 
टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् ।
मृत्यु हुनेमा एक पुलिस अधिकारी पनि छन् । र, यो चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...