आजदेखि ठूलो भर्याङबाट पनि लाइसेन्स बनाउन सकिने

काठमाडौंको ठूलो भर्याङमा आइतबारदेखि सवारी चालक अनुमति पत्रका लागि कार्यालय खुल्दैछ । कार्यालयको बिहान १० बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम छ ।
कार्यालयबाट विद्युतीय सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट ड्राइभिङ लाइसेन्सको लागि फारम लिने, लिखित परीक्षा दिने लगायत सेवा दिइने यातायात व्यवस्था विभागले जनाएको छ । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय बागमतीले उपभोक्ताको चाप थेग्न नसक्ने भएपछि उपत्यकामा थप तीन वटा कार्यालय खोल्न लागेको हो ।
काठमाडौंको चावहिल र भक्तपुरको सुर्यविनायकमा पुस २७ गतेदेखि थप कार्यालय पनि उद्घाटन गर्ने तयारी रहेको मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । यातायात व्यवस्था विभागका अनुसार नयाँ तीनवटै कार्यालयमा ३६÷३६ जना कर्मचारी रहनेछन् ।
यस्तै नयाँ कार्यालयबाट लाइसेन्स लिन अनलाइनबाट पनि फारम भर्न सकिने विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
Loading...
