चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते

बैतडी, ८ माघ ।

अछामको घुघुरकोट गाविसमा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार बेलुका घर नजिकैको जंगलमा गएका बेला घुघुरकोट–६ का ध्वजे आउजीलाई चितुवाले आक्रमण गरेको हो ।

आउजीको खुट्टा र शरीरका विभिन्न भागमा चितुवाले आक्रमण गरेको प्रहरी प्रमुख प्रहरी प्रहरी नावय उपरिक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

उहाँको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । बाब्ला, खप्तड, देविस्थान, बुढाकोट र आसपासका गाविसहरुमा अहिले चितुवाले आक्रमण गर्ने गरेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...