टिपरले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु

- भक्तपुर, १२ माघ ।
आज भएको दुर्घटनामा सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षीया विमला बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
दुर्घटनामा मृतक बस्नेतका श्रीमान् एवम् मोटरसाइकल चालक ३८ वर्षीय रामचन्द्र बस्नेत भने गम्भीर घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना गराउने सिन्धुपाल्चोक फुल्पिङकोट बस्ने २७ वर्षीय टिपर चालक वाङ्जुङ्ग तामाङ र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...