ट्रम्पको गर्भपतन सम्बन्धि नीतिले साढे ६ करोड अनिच्छुक गर्भधारण हुने

गर्भपतन सम्बन्धी विश्वभर आ–आफ्नै कानून र मान्यता छन् । कतिपय देशमा व्यक्तिगत चाहनाकै भरमा गर्भपतन गर्न पाइने भए पनि धेरै देशमा कठोर नियम छन् ।
संसारका धेरै मुलुकमा गर्भपतनमा छुट छ तर साउदी अरब लगायत मध्येपूर्वका मुस्लिम देशमा यस विषयमा बोल्न पनि पाइदैन ।
केही निश्चित देशमा भने विशेष अवस्थामा मात्र गर्भपतन गर्न पाइने नियम छन् । जस्तै पेटको भ्रुणका कारण गर्भवती महिलाको स्वास्थ्य जोखिममा छ वा जन्मिन लागेको शिशु शारीरिक वा मानसिक रुपमा विकलाङ्ग छ भने गर्भपतन गर्न कानूनले छेकेको छैन । त्यस्तै बलात्कार वा जबरजस्ती करणका कारण रहन गएको भ्रुणहत्या गर्न धेरै देशमा छुट छ ।
विश्वमा ६० मुलुकले गर्भपतनलाई कानूनी मान्यता दिएका छन् । तीमध्ये संयुक्त राज्य अमेरिका पनि मुख्य देश हो ।
अमेरिकामा सन् १९७३ मा गर्भपतनलाई कानून मान्यता दिइएको थियो । तर राज्य अनुसार गर्भपतन सम्बन्धि बेग्ला बेग्लै शर्त छन् । प्राय राज्यमा २० देखि २४ साताको गर्भ पतन गर्न पाइन्छ ।
गर्भपतनसम्बन्धि बहस स्वास्थ्य क्षेत्रमा मात्र नभएर अमेरिकी राजनीतिको एउटा अंश बनेको छ । अझ राष्ट्रपति निर्वाचनमा त हरेक उम्मेदवारले यसलाई गरम मुद्दा नै बनाउँछन् । रिपब्लिकन पार्टी सिद्धान्ततः गर्भपतनको बिरोध गर्छ ।

निर्वाचन अभियानमा डोनाल्ड ट्रम्पले गर्भपतनको चर्को आलोचना गर्दै आफूले रोक्ने घोषणा गरेका थिए । उनले सपथ खाएको एक साता बितेको छ । पछिल्लो एक सातामा कार्यकारी आदेशमार्फत उनले एक पछि अर्को नयाँ निर्णय गरेका छन् भने पूर्व राष्ट्रपति बाराक ओबामाका निर्णयलाई उल्टाइदिएका छन् ।
राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले ल्याएको स्वास्थ्यसम्बन्धी कानून ओबामा केयरलाई अन्त्य गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । सो कानून अन्तर्गत रहेर २ करोड अमेरिकी स्वास्थ्यसम्बन्धि सेवा लिएका थिए ।
ट्रम्पलाई महिला बिरोधी राष्ट्रपतिको रुपमा चित्रण गरिन थालिएको छ । निर्वाचन अभियानमा गर्भपतन लगायत महिला बिरोधी अभिव्यक्तिका कारण उनले सपथ खाएको भोलिपल्ट नै अमेरिका लगायत विश्वभरका महिलाको अगुवाईमा प्रदर्शन भएका थिए ।

न्युयोर्कमा मात्र ५ लाखले प्रदर्शन गरेका थिए भने संसारभर उनीबिरुद्ध ६ सय र्याली भएका थिए । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकामा गर्भपतनमा अंकुश पो लाग्ने हो की भनेर धेर महिला झस्किएका छन् ।
गर्भपतन सम्बन्धी बहस अमेरिकी राजनीतिको केन्द्रबिन्दु भए पनि सन् १९९० देखि गर्भपतन दरमा सामान्यतया गिरावट आएको त्यहाँको रोग नियन्त्रण तथा प्रबद्र्धन केन्द्रले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले सपथ लिएको पहिलो दिनमै जारी गरेको कार्यकारी आदेशले अमेरिकी महिलालाई झस्काएको छ । ट्रम्पले कथित मेक्सिको सिटी पोलिसीलाई पुनः ब्युताएका छन् जस अनुसार गर्भपतको प्रर्बद्धन गर्ने वा गर्भपतन गराउने गैरसरकारी संस्थालाई अमेरिकी सरकारले दिँदै आएको सहयोग अन्त्य गरेका छन् ।
ट्रम्पको निर्णयले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका गैरसरकारी संस्थाको भूमिका अन्त्य हुनेछ भने नेपाल लगायत विकासोन्मुख देशले गर्भपतन र परिवार नियोजनका क्षेत्रमा पाउँदै आएको सुविधाबाट बञ्चित हुनेछन् । ‘ट्रम्प गर्भपतनको बिरोध गर्ने राष्ट्रपति हुन् भन्ने अब कुनै गोप्य विषय रहेन,’ ह्वाइट हाउसका प्रेस सेक्रेटरी सिन स्पाइसर भन्छन् ।
स्पाइसरका अनुसार ट्रम्प अझै कठोर कानून ल्याउने तयारीमा छन् । गर्भपतन र परिवार नियोजनमा कोष कटौती गर्ने ट्रम्पको कार्यकारी आदेश दुर्भाग्य भएको मेरी स्टोप्स इन्टरनेसनलले जनाएको छ ।

सो संस्थाले परिवार नियोजन र गर्भपतनबारे विभिन्न सुविधा दिँदै आएको छ । ट्रम्पको नयाँ नीतिले साढे ६ करोड अनिच्छुक गर्भधारण हुने, २१ लाखले असुरक्षित गर्भपतन गर्ने र २१ हजार ७ सय आमाको मृत्यु हुने आँकडा सार्वजनिक गरेको छ ।
(स्वास्थ्य खबर, सीएनएन लगायत विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा)

प्रतिकृया दिनुहोस्
Loading...