यस्ता हुन्छन् आत्महत्या गर्ने बेलाका संकेतहरु !


पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या निकै बढ्दो क्रममा छ । आत्महत्याको घटना हुने मुलुकमध्ये नेपाल सातौं स्थानमा पर्छ । महिलाको आत्महत्याको घटनालाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । 

१५–५० वर्षबीचका मानिसहरुले आत्महत्या गर्ने गरेको पाइएको छ । महिलाले आत्महत्या गर्न खोज्दा प्रायःले हातको नसा काट्न खोज्ने, झुन्डिने, प्यारासिटामोलजस्ता औषधी अत्यधिक मात्रमा एकैचोटी खाइदिने, घरमा रहेका डिटोल वा फिनेल सेवन गरी आत्महत्याको कोसिस गरेको पाइन्छ ।

पुरुषले भने घरबाट हामफाल्ने, घाँटी काट्ने वा झुन्डिने र नदीमा हामफाल्ने जस्ता डरलाग्दा माध्यमबाट आत्महत्या गर्ने कोसिस गर्ने भएकाले उनीहरूमा मृत्यु हुने सम्भावना बढी हुन्छ । गत पुस २९ गते मात्र चलचित्र छक्का पन्जा पाइरेसी गरेको आरोप लागेका युवाले झुण्डिएर आत्महत्या गरे । 

त्यस्तै ट्वाइलेटमा बेल्टमा झुण्डिएको अवस्थामा चर्चित र्याप गायक अनिल अधिकारी ‘यमबुद्व’ लाई भेटियो । त्यसैले कोही मान्छेले सुसाइड गर्न खोजेको छ भने पहिला नै कोही कसैसँग यस्तो कुरा गर्ने गर्छन् । थाहा पाइराखौं ।

आत्महत्या गर्ने बेलाका संकेतहरू

आफू मर्न चाहेको वा आफैंलाई मार्न चाहेको बारेमा कुरा गर्नु ।
अनलाइन आदिमा आफैंलाई मार्ने उपाय खोज्नु ।
विषादी किन्नु वा स्लिपिङ टयाब्लेटजस्ता औषधि जम्मा गर्न थाल्नु ।
आफूलाई रित्तोरित्तो, निराश अनुभव गर्नु, आफू बाँच्नुको कुनै कारण बाँकी नरहेको अनुभव गर्न थाल्नु ।
आफूलाई असहय पीडामा परेको सोच्नु ।
आफू अरूमाथि भार भएकोबारे कुरा गर्नु ।
लागूऔषध वा मदिराको उपयोग बढाउनु ।
चिन्तित वा उत्तेजित रहनु ।
लापरवाहीपूर्ण व्यवहार गर्नु ।
धेरै बढी वा निकै कम सुत्नु ।
परिवार र साथीभाइबाट टाढिनु ।
आफूलाई एक्लो अनुभव गर्नु ।
कसैसँग बदला लिने कुरा गर्नु ।
मुडमा अत्यधिक परिवर्तन देखिनु ।
माया गर्नेहरूसँग बिदा माग्न थाल्नु ।

(दीपकराज जोशीको सहयोगमा)
२०७३ माघ १० गते प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...