स्वस्थानीका ब्रतालु दोस्रो चरणको परदेश यात्रामा जाँदै



काठमाडौं,१७ माघ ।

काठमाडौंको साँखुमा चलिरहेको स्वस्थानी ब्रतको क्रममा ब्रतालुहरु सोमबारदेखि दोश्रो चरणको परदेश यात्रामा निस्किँदैछन् ।

एक महिना लामो ब्रतका क्रममा ब्रतालु तीनपटक परदेश यात्रामा निस्किएर चारवटा धाममा ब्रत बस्नुपर्ने नियम छ । 

त्यसै अनुसार उनीहरुले सोमाबार साँखुबाट नाला हुँदै पनौती गएर बास बस्ने स्थानीय संस्कृतकर्मी प्रकाशमान सक्वले बताए ।

परापूर्व कालमा माधवनारायणले स्वस्थानी ब्रत बस्ने क्रममा अश्वमेघ यज्ञ गर्नको लागि एकमुखे रुद्राक्ष, सुनको कमल, अक्षता र १ सय आठ प्रकारका फूल आवश्यक भएकोले ती सामग्रीहरु जुटाउनको लागि पशुपतिनाथ, फपिङ्ग, चागुँनारायण र पनौतिमा ब्रत बसेको धार्मिक किवम्दन्ति छ ।

यसभन्दा अघि पहिलो चरणको परदेश यात्रा सकेर उनीहरु १५ गते राती साँखुमा फर्किएका थिए । यसवर्षको साँखुको स्वस्थानी व्रत आँउदो माघ २८ गते सकिनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...