भारतमा काम गर्न जाने नेपालीले लिनुपर्ने भयो अनुमतिपत्र, २० लाखको वैदेशिक राेजगार बीमा

- काठमाडौं ११ माघ।
रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनु पर्ने भएको छ । साथै बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको छ ।
प्रधानमन्त्री प्रचण्डले भारतमा रोजगारीका लागि जानेहरुले सम्वन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिप्रकाबाट काम गर्न जाने अनुमति पत्र लिनुपर्ने व्यस्था गर्न लागेकाे जानकारी गराएका छन् ।
सरकारले पहिलाे पटक भारतलाई वैदेशिक राेजगारकाे सूचीमा राखेकाे छ । अनुमति पत्र लिनुअघि जिल्ला प्रशासन कार्यालयले बीमा र कल्याणकारी कोषमा सहभागी हुनु पर्ने छ ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार अाफ्नै निवासमा पत्रकार सम्मेलनकाे अायाेजना गरेर साे जानकारी गराएका हुन् । अब छिट्टै याे सँग सम्बन्धित कार्यविधि बन्ने छ ।
बैदेशिक रोजगारीमा नयाँ व्यवस्था घोषणा गर्दै प्रधानमन्त्रीले बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको घाेषणा गरेका छन् ।
वैदेशिक राेजगारीमा जानेहरुको साढे १२ लाखको म्यादी जीवन बीमा हुनेछ । कामको सिलसिलामा मृत्यु भएमा पीडित परिवारले बीमाका साथै वैदेशिक कल्याणकारी कोषबाट सहित डेढ लाख पाउनेछन् ।
प्रधानमन्त्रीकाे घाेषणामा क्यान्सर, किड्नी फेल, दृहयघात, प्यारालाइसिस लगायतका १५ रोगलाई घातक रोगको सूचीमा राखिएको छ ।
माघ १५ गतेदेखि लागू हुने गरी घातक रोग वापत ५ लाख बीमांक बराबर बीमा हुने व्यवस्था गरिएको छ । अस्वस्थताको अवस्थामा पनि घातक रोग प्रमाणित भएमा पनि बीमा रकम पाइनेछ ।
नयाँ घाेषणा अनुसार जीवन बीमा वापत १० लाख, बीमितको आयको नोक्सानी वापत २ लाख, क्रिया खर्च बापत १ लाख,औषधी उपचार खर्च बापत १ लाखसम्म,शव ल्याउन खर्च बापत १ लाख र घातक रोग बापत ५ लाख गरी कुल २० लाखसम्म पाउने छन् ।
प्रतिकृया दिनुहोस्
Loading...