मोटरसाइकलको सीटभित्र भेटियो तस्करी गरिएको अवैध चाँदी

मकवानपुर, ११ माघ ।
मोटरसाइकलको सिट मुनी लुकाई ल्याएको ३ केजी चाँदीसहित पर्सा जिल्ला बिरगंज उपमहानगरपालिका–११ बस्ने ३५ बर्षीय राजकिशोर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हेटौडा उपमहानगरपालिका–१७ स्थित रातमाटे चेक पोष्टमा बिरगंजबाट हेटौडातर्फ आइरहेको ना.१७ प ४६४५ नम्बरको मोटरसाइकलमा सवार रहेको अवस्थामा चेक गर्दा मोटरसाइकलको सिट भित्र लुकाई ल्याएको उक्त चाँदी बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...