उपत्यकालगायत आसपासका जिल्लाहरुमा दिनभर पानी पर्न सक्ने


काठमाडौं, १७ पुस ।

काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा आइतबार दिनभर फाट्फुट्ट पानी पर्न सक्ने मौसमविद् समीर श्रेष्ठ जानकारी दिए ।

अहिले उपत्यकालगायत आसपासका जिल्लाहरुमा फाट्फुट्ट पानी परिहरहेको छ । त्यस्तै हिमाली क्षेत्रमा भने हिमपात हुन सक्ने उनले बताए ।

शनिबारदेखि हिमाली जिल्ला ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

अस्थायी टहरामा बसिरहेका भूकम्प प्रभावितको जीवन झनै कष्टकर बनेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...