हेर्नुहोस् - ‘हिटलर’को ‘तिमी चाउमिन खादै, म मःम बजाउँदै’


आउँदो बर्षको जेठ १२ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘हिटलर’को एक अडियो गीत सार्वजनिक गरिएको छ । 

श्रोताको मुखमा झुण्डिने शैलीको यो गीतमा लोचन घिमिरे र श्रेया सोताङको आवाज छ । ‘तिमी चाउमिन खादै, म मःम बजाउँदै’ बोलको गीतमा शब्द तथा संगीत पनि लोचन घिमिरेकै छ ।

यो गीतको भिडियो छायांकन भैसकेको छैन । निर्माणपक्षले, चलचित्रको यो गीतलाई दर्शक तथा श्रोताले मन पराउने अपेक्षासहित लिरिकल अडियो सार्वजनिक गरेको बताएको छ ।

चलचित्र ‘हिटलर’मा नायक सोहित मानन्धर र नव-नायिका समिया बर्तौलाको मुख्य भूमिका छ । अष्टनारायण पिक्चर्सले यो चलचित्र निर्माण गरेको हो । रोमान्टिक कथामा तयार भएको यो चलचित्रको छायांकन सकिएको छ । अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले यो चलचित्रको निर्माणमा सहकार्य गरेका छन् । चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन् ।

२०७३ पुस १८ गते प्रकाशित 

,

प्रतिकृया दिनुहोस्

Loading...